प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्ध अन्तरिम आदेश हुँदा सर्वोच्चले टेकेका ३ वटा आधार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा रहेको अवकाश पाउने तीनवटा अवस्थामध्ये एउटा ३० वर्षे सेवा अवधि कार्यान्वयन गर्न बिहीबार अन्तरिम आदेश जारी गरेको छ । हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दा मुख्यतया तीनवटा आधार टेकेका छन् ।
उनले सेवा अवधिको विषय नियमावलीमा नभएर ऐनमा व्यवस्था गर्नु पर्ने भनी सर्वोच्च अदालतले एक दशकअघि आदेश गरेपनि त्यो कार्यान्वयन नगरेको, निजामतीमा ३० वर्षे सेवा अवधि हटिसकेको र सुझाव कार्यदलले ३० वर्षे सेवा अवधि हटाउन सुझाव दिएको विषयलाई फुयाँलको इजलासले टेकेको छ ।
भदौ १६ गतेबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका ९० मध्ये २१ जना प्रहरी निरीक्षकदेखि एसएसपीसम्मका सिनियर अधिकृतले बुधबार सर्वोच्च अदालत गुहारेका थिए । सर्वोच्च अदालतले अवकाश पाउने भनि थमाइएका पत्रको कार्यान्वयन नगर्न भन्दै आगामी असोज १० गतेका लागि पूर्ण सुनुवाई गर्ने आदेश गरेको छ ।