एमालेले गर्यो खरेललाई पार्टीबाट निष्काशन – Nepal Press

एमालेले गर्यो खरेललाई पार्टीबाट निष्काशन

बुटवल । नेकपा एमाले रुपन्देहीले पार्टीका संगठित सदस्य टिका खरेललाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

सैनामैना नगरपालिका वडा नम्बर ३ निबासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा ९४०, ९८०, ९१३० बमोजिम पार्टी हित विपरीत गतिविधि गरेको र पटकपटक सचेत गराउँदा समेत पुनः गतिविधि दोहोर्याएको तथा समाजमा विभिन्न अनैतिक गतिविधि गरेको भन्दै एमालेले पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम निशकाशन गरिएको हो ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेद्वारा जारी विज्ञप्तीमा खरेललाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेको उल्लेख छ । त्यस्तै प्रेस चौतारी नेपाल रुपन्देहीले पनि खरेललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

संगठनको हित विपरीतका क्रियाकलाप गरेपछि सुरुमा स्पष्टीकरण सोधिएको र त्यसपछि निलम्बन गरेको चौतारीले अनैतिक क्रियाकलाप जारी राखेपछि बुधबार बसेको सचिवालय बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो । उनी प्रेस चौतारी रुपन्देहीका सचिवालय सदस्य थिए ।

आफ्नै रेडियोमा कार्यरत एक महिला कर्मचारीमाथि जवर्जस्ती करणी प्रयास गरेको अभियोगमा उनलाई प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।


प्रतिक्रिया

One thought on “एमालेले गर्यो खरेललाई पार्टीबाट निष्काशन

  1. हेलो एमाले ! अनि महेस …… विचकाे कुरा चाहिँ के नी?
    समान ब्यबहार हुनु पर्थ्यो नि ! हाे यस्तै महा नाटक कार एमाले केपि काे भरौटे भ्रष्टाचारी हरु खुलेआम भ्रष्टाचार गर्न पाउँनकाे लागि मात्र केपि लाई सपाेर्ट गरिरहेको हाे भन्ने स्पष्ट देखिन्छ।
    यसैकाे परिणाम त आगामी चुनाव अगाडि नै एमाले लाई त्यागेर अरु राम्रो पार्टि खाेजेर सघाउन उचित भएको कुरा निर्णय गर्न सजिलो भयाे ।
    वाइ वाइ एमाले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर