संसदीय छानबिन विशेष समितिले आज रवि लामिछानेको बयान लिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिँदैछन् ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गार्खा मिडिया नेटवर्क प्रालीको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको हो । उनको बयान दिउँसो २ बजेपछि हुनेछ ।
यस्तै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि बयानका लागि बोलाइएको छ । उनको बयान भने विहान ११ बजे लिइने समितिले जनाएकाे छ ।
समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यको बयान लिएको थियो ।
सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ ।