कमला पुलका लागि बसेको अनसनकारीको समर्थनमा सिरहा बजार बन्द, यातायात अवरुद्ध – Nepal Press

कमला पुलका लागि बसेको अनसनकारीको समर्थनमा सिरहा बजार बन्द, यातायात अवरुद्ध

जनकपुरधाम । कमला पुल निर्माणको माग राख्दै जनकपुरधामस्थित मधेश भवन अगाडी आमरन अनशन बसेकाहरूको समर्थनमा सिरहाका युवाहरू बजार र यातायात बन्द गराएको छ ।

नागरिक समाज सिरहाको नेतृत्वमा युवाहरूले आज बिहानैदेखि यातायात बन्द गराएका हुन् । सडकमा टायर बालेर प्रदर्शन गर्दै उनीहरू सवारी साधन चल्न दिएका छैनन् । बजार भने हिजैदेखि बन्द छ ।

नागरिक समाजको आन्दोलनले सिरहा बजारको जनजीवन प्रभावित बनेको छ । समाजले आजदेखि शैक्षिक संस्था र सरकारी कार्यालय समेत बन्द गराउने चेतावनी दिएको छ ।

भदौ ४ गते मङ्गलवारदेखि नयाँ कमला पुल निर्माण संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीण कुमार यादवको नेतृत्वमा १० जना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी धर्ना बसेका छन् । उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बनेपछि स्लाइन पानी चढाउनुपरेको छ ।

इन्जिनियर यादवको नेतृत्वको टोलीले साउन २७ मा मुख्यमन्त्री सतिश कुमार सिंहलाई कमलामा नयाँ पुल निर्माण गर्नुपर्ने एक सूत्रीय माग राख्दै ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए ।

तर मधेश सरकारले माग पुरा नगरेपछि बाध्य भएर आमरण अनशन बस्नुपरेको संघर्ष समितिका संयोजक इन्जिनियर यादवले बताए । उनले माग पुरा नभएसम्म अनशन जारी राख्ने बताएका छन् ।

अनशनकारीको माग सम्बन्धमा छलफल गर्न मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बिहीबार वार्ता गरेका थिए । वार्ता सकारात्मक रहे पनि निष्कर्षमा नपुगेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर