मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खस्यो – Nepal Press

मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खस्यो

काठमाडौं । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ ।

बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ ।

उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर