अपडेट : १ सय ५० मिटर माथिबाट खसेको थियो भारतीय पर्यटक बस – Nepal Press

अपडेट : १ सय ५० मिटर माथिबाट खसेको थियो भारतीय पर्यटक बस

दमौली । पृथ्वीराजमार्गको कोत्रे मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐनापहरबाट मर्स्याङ्दी नदीमा खसेको बसका भारतीय पर्यटक बोकेको बसका घाइतेहरूको उद्धार कार्य जारी रहेको छ ।

तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए अनुसार पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको भारतीय पर्यटक बस सडक १ सय ५० मिटर तल नदी किनारमा खसेको छ ।

घटनास्थल अत्यन्त अप्ठ्यारो भएको हुँदा उद्धार कार्यमा समेत कठिन भइरहेको छ ।घटनाको जानकारी प्राप्त हुने बित्तिकै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र आफू घटनास्थल तर्फ गइरहेको प्रहरी प्रमुख शाहीले बताए ।

उद्धारका लागि कुरिनाटारबाट सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली खटिएको छ । घटनास्थलमा घाइतेहरूलाई डोरीका माध्यमले उद्धार गरिराखिएको छ ।

घटना स्थलमा घाइतेहरूलाई उद्धार गरेर अहिले अस्पतालतर्फ लग्ने कार्य भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर