सशस्त्रका एसएसपीको कमाण्डमा ४५ जनाको टोली उद्दारमा सक्रिय, १० गोताखोर परिचालन
काठमाडौं । तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको टोलीले उद्दार जारी राखेको छ ।
एसएसपी पौडेलको कमाण्डमा १० जना गोताखोरसहित ४५ जनाको टोली उद्दारमा खटिएको एपीएफले जनाएको छ। साथै मनकामना गण २३ भानु तनहुँबाट ३५ जनाको टोली उद्दारमा खटिएको छ ।
अप्ठ्यारो भिर भएका कारण घाइते र मृतक उद्दारमा डोरीको सहायताले नदि किनारमा पुग्ने प्रयास भइरहेको छ । भिर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने प्रयास भइरहेको छ ।
पोखराबाट काठमाडौंको लागि भारतीय पर्यटक बोकेको बस मस्र्याङदीमा खसेको थियो । बसमा ४० जना सवार रहेका थियो ।