कांग्रेस केन्द्रीय समिति बैठक सुरू, महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन होला ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केही केही बेरअघिबाट बैठक जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
यसअघि साउन २३ गते २८ गतेसम्म बसेर बैठक स्थगित गरिएको थियो। बैठकमा प्रस्तुत भएका ११ वटा एजेन्डामा केन्द्रित रहेका आज पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रममा चलिरहेको छ ।
यसअघि केन्द्रीय सदस्यहरूले बोलिसकेका छन् । बैठकमा गत फागुनमा भएको महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पारित गर्ने तयारी छ ।
तर, महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र अर्का महामन्त्री शर्माको पार्टीबाट प्रधानमन्त्रीदेखि सांसद बन्न कार्यकाल तोक्नुपर्ने प्रस्ताव विवादमा छ ।
संस्थापन पक्षले महामन्त्रीद्वयको यो प्रस्ताव परिमार्जन गर्न चाहेको छ। तर, इतर पक्ष प्रस्ताव संशोधन गर्न नहुने अडानमा छन् ।