बुढानिलकण्ठ नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपालले कपडा बैंक सञ्चालन गर्ने – Nepal Press

बुढानिलकण्ठ नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपालले कपडा बैंक सञ्चालन गर्ने

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको कार्यालय काठमाडौँमा कपडा बैंक सञ्चालन गर्न सम्झौता भएको छ । बुढानिलकण्ठ गरपालिकाको कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपालबीच कपडा बैंक सञ्चालन गर्ने विषयमा संझौता भएको हो ।

बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले देशै भरी सञ्चालन गर्न लागिएको यो कार्यक्रमले हाम्रो घर, समाज र टोल सफागर्नुको साथै साच्चिकै आवश्यक व्यक्तीलाई कपडा प्रदान गर्नु उत्कृष्ट मानवीय कार्य हुने विश्वास व्यक्त गर्दै उनले ‘आफ्नो घर, टोल रसमाजलाई सफा राखौ ! कोही कपडा बिहिन नरहून भन्ने मुलमन्त्रलाइ आत्मासाथ् गर्दै पुन्य कार्यमा सहभागी बनौ !!’ भन्ने मुलनाराका साथ सुरु हुने यो अभियानले समग्र नगरबासी लगायत देशकै हित हुने विश्वास व्यक्त गरे ।

उनले हाल नगरपालिकाको कार्यालय र वडा नं १० को कार्यालय स्थित कपडा संकलन बक्स राखिने र आगामि आर्थिक वर्षमा प्रत्येक वडा कार्यालयमा समेत सञ्चालन गरिने योजना रहेको भन्दै नगरवासीलाई पुरानो लत्ताकपडा, झोला, ब्याग, बेल्ट तथा दैनिक प्रयोगजन्यसामग्री जम्मा गरि आ–आफ्नो घर टोल समाज सफा पनि हुने र पून्यको कार्य पनि हुने हुदा यो कार्यमा सहभागिताका लागि अनुरोधसमेत गरेका छन् ।

प्रयोगमा नआएका लत्ता–कपडा संकलन गरेर पुन प्रशोधन (रि–साइकल) गरि आवश्यकताका आधारमा निशुल्क वितरण गरिने यो कार्यक्रममा जोडिन पाउँदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले निकै खुसि लागेको बताए । मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम् सेवा लिन सकिने उनले बताए ।

क्लोथ एण्ड फूड बैंक नेपाल का प्रमुख अभियन्ता आभिस्कार खनालले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन भैरहेको र देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न सवैलाई आव्हान गरे ।

क्लोथ एन्ड फुड बैंक नेपालका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष कमल जि.सी. ले क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुई वर्षमा देशलाई कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको बताए । अहिले सम्म करिब १६० स्थानिय सरकार यो अभियानमा जोडिएको सम्झौतामा समारोहमा अध्यक्ष कमल जि.सी. ले जानकारी दिनुका साथै बुढानिलकण्ठ नगरपालिका लाई धन्यवाद व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर