भारत भ्रमणबारे कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ- राम्रो रेस्पोन्स पाएँ
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारत भ्रमणबारे पार्टीको बैठकमा ब्रिफिङ गरेकी छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे जानकारी गराएकी हुन् ।
उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारले सरकारप्रति भारतको राम्रो रेस्पोन्स पाएको बताइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारसँग सहयोग गर्न प्रतिबद्धता जनाएको उनको भनाइ थियो ।
पाँच दिने भारतको औपचारिक भ्रमण सकेर राणा हिजो फर्किएकी हुन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवाता गरेकी थिइन् । उनले प्रधानमन्त्री मोदीसँगको भेटवार्ता र भारत भ्रमण उपलब्धिमुलक रहेको बताइएकी छन् ।