भाषाका विषयमा कुनै निषेध हुनुहुन्न: राष्ट्रपति पौडेल (भिडिओ) – Nepal Press

भाषाका विषयमा कुनै निषेध हुनुहुन्न: राष्ट्रपति पौडेल (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबैले एक-अर्काको भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा सबै भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका छन् ।

जयतु संस्कृतम संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति पौडेलले भाषाका विषयमा कुनै निषेध हुन नहुने भन्दै एक-अर्काका भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताए ।

उनले संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञानविज्ञानको भण्डार भएकाले यस भाषा र वाङ्मयको विस्तारमा जोड दिए ।

नेपालमा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम आन्दोलनको ठूलो योगदान रहेको स्मरण गर्दै राष्ट्रपति पौडेलले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा जयतु संस्कृतम संस्थाले गरेको योगदानको चर्चा गरे ।

कार्यक्रममा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुङ्गाना र आचार्य पूर्णचन्द्र ढुङगेललाई पुरस्कार प्रदान गरेका छन् । प्रा.डा. ऋषिराम पोखरेल, प्रा.डा. दीर्घराज घिमिरे, प्रा.डा. रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर