सहकारी विकास बोर्डको सदस्य सचिवमा डा शर्मा नियुक्त – Nepal Press

सहकारी विकास बोर्डको सदस्य सचिवमा डा शर्मा नियुक्त

काठमाडौं । सरकारले सहकारी विकास बोर्डको सदस्य सचिव पदमा डा. खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

भदौ ६ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मा, रुपन्देहीलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तको पालना गर्ने गरि हटाउने निर्णय गरेको छ भने विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरि १६ अधिकृतस्तरको अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

बैठकले आयल निगम लिमिडेटलाई जितपुर सिमरा उपमहानगरमा रहेको करिब ५ बिघा जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरिएको उनले जानकारी दिए ।

त्यस्तै, बैठकले काठमाडौं तराई मधेश द्रूतमार्ग सडक आयोजनालाई मकवानपुरमा करिब ३३ हजार ९ सय ७५ वर्ग मिटर जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर