सरकारले उद्योगका लागि सस्तोमा विद्युत उपलब्ध गराउनुपर्छ : अध्यक्ष ढकाल – Nepal Press

सरकारले उद्योगका लागि सस्तोमा विद्युत उपलब्ध गराउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नेपाल उद्योग व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । उनले साना तथा मझौला उद्योग सञ्चालनका लागि सहयोग आवश्यक रहेकाले त्यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष ढकालले स्टार्ट अप परियोजनालाई कर्जा प्रवाह परियोजनाको रुपमा अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओली भनाईले पनि मुलुकका आर्थिक गतिविधिलाई अघि बढाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउनु पर्छ । ह्वील चार्ज तितेर सिधै बिजुली किन्ने व्यवस्था गरिनु पर्दछ । बजेटका त्यसको केही कुरा आएपनि त्यो इम्पिलिमेन्ट हुन सकेको छैन । कच्चा पदार्थ र अन्तिम वस्तुको उत्पादन वैज्ञानिक बनाई यसमा सहुलियत दिनुपर्दछ भन्ने कुरा पनि म राख्न चाहन्छु’, उनले भने, साना तथा मझौला उद्योग सुरु देखि नै संवेदनशील हुन्छ सरकार र अन्य सक्षम निकायको सहयोग चाहिन्छ । अस्तीको कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले भने अनुसार नै त्यो स्टार्ट अपलाई परियोजना कर्जाको रुपमा अघि बढाउनु पर्छ भन्नुभएको थियो । त्यसलाई प्रोजेक्ट फाईनान्सको रुपमा अगाडि बढाउनु पर्छ ’

अध्यक्ष ढकालले कब्जा पदार्थ आयातमा अझै सहुलियतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर