पल्सर स्पोर्टस अवार्डको पिपुल च्वाइसको मनोनयन सार्वजनिक (भिडिओ) – Nepal Press

पल्सर स्पोर्टस अवार्डको पिपुल च्वाइसको मनोनयन सार्वजनिक (भिडिओ)

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०८० को पिपुल च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले ५ जना खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

क्रिकेटका गुल्सन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रिति राई र रग्वीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन् । उनीहरुमध्येबाट भोटिङका आधारमा विजेता घोषणा हुने छ । भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा विजेताको नाम सार्वजनिक गरिने छ । विजेताले पल्सरको एनएस ४ सय सिरिज पाउनेछन् ।

इसेवाबाट गरिने भोटिङको मतभार ५० प्रतिशत, सामाजिक सन्जालबाट गरिने भोटिङको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र खेलुकद पत्रकार मन्चका सदस्यहरुको मतभारत १२.५ प्रतिशत रहने आयोजकका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।

वर्षको सर्वोत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडीका लागि पनि अवार्ड दिइने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *