स्थानीयले मेयर उपमेयरसहितका जनप्रतिनिधि र कर्मचारीलाई कार्यालयमै थुन्न खोजेपछि…
कैलाली । कैलालीको घोडाघोडी नगरपलिकामा मेयर उपमेयरसहितका जनप्रतिनिधि र कर्मचारीलाई कार्यालयमै थुन्न खोज्दा स्थानीयमाथि प्रहरीले धरपकड गरेको छ ।
शिवशक्ति सामुदायिक वनले आफ्नो क्षेत्र भवन निर्माण गर्दा नगरपालिकाले हस्पक्षेप गरेको आरोप लगाएको छ । सामुदायिक वनले नै नगरपालिका कार्यालयका लागि जग्गा दिएको थियो । अहिले नगरपालिका नजिकै आफ्नो भवन बनाउँदा नगरपालिकाले हस्तक्षेप गरेको उनीहरुको आरोप छ ।
आज त्यही विषयमा नगरपालिकामा छलफल बोलाइएको थियो । तर निर्माण स्थलमा निर्माण अगाडि बढाउन नदिने मेयर खडल रावतको अडान पछि वन उपभोक्ता समितिका पदाधिकारी र सदस्य आक्रोशित बनेका थिए । त्यसक्रममा उनीहरूले मेयर उपमेयरसहित जनप्रतिनिधिलाई कार्यालयमै थुनेर तालाबन्दीको प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीसँग धरपकड भएको थियो ।
घोडाघोडीका मेयर रावतले भने खुल्ला ठाउँ आवश्यक भएको हुँदा उक्त ठाउँ जोगाउन खोजिएको बताए ।