मुस्ताङको थासाङमा हिमपहिरो (भिडिओ) – Nepal Press

मुस्ताङको थासाङमा हिमपहिरो (भिडिओ)

पोखरा ।मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि हिमपहिरो खसेको छ।

हिमपहिरो खसेरसंगौ छिप्लुङ खोला थुनिएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।

‘धौलागिरी आइस फलबाट हिमपहिरो खसेको हो । जसका कारण छिप्लुङ खोलाको ७०/८० प्रतिशत पानी रोकिएको छ,’ उनले भने ।
जोखिममा रहेका बस्तीले सुरक्षित स्थानमा सारिएको डिएसपी पाण्डेले बताए ।

उनले भने, ‘खोला खुल्दा पानी ठूलो बगेपनी खासै जोखिम छन् । जोखिममा भएका ९ घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर