आरती पावरले ३६ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने – Nepal Press

आरती पावरले ३६ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ३६ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्ने भएको छ ।

कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आरती पावर र क्यापिटल बीच सेयर निष्कासनका लागि आज सम्झौता भएको हो ।

आज आरती पावर कम्पनी लिमिटेडको कार्यालय खुर्सानीटारमा एक कार्यक्रमका बीच आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरतबहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेल बीच सम्झौता भएको छ ।

आरती पावर कम्पनी लिमिटेड विसं २०७२ सालमा दर्ता भई विसंं २०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको हो । कम्पनीको अधिकृत पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । भने, जारी पुँजी पनि १ अर्ब ४० करोड रुपैयाँ तथा चुक्ता पूँजी १ अर्ब ४ करोड रहेको छ । सो कम्पनीले ३६ करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

खत्री करिब डेढ़ वर्षअघि कम्पनीको अध्यक्ष भए लगतै कम्पनीको निर्माण रफ्तारमा अघि बढेको हो । हाल कम्पनीले ६० प्रतिशत काम सम्पन्न गरिसकेको छ । एक वर्षभित्र नै कम्पनीले जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

आरती पावर कम्पनीले भोजपुरको सिल्पासिलिचो ४ र षणान्नद नगरपालिकाको वडा भित्र ईर्खुवा खोलामा १४.५ मेवा जलविद्युत् निर्माण गर्दैछ । सो आयोजनामा माछापुच्छ्रे  बैंक र नविल बैकको कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *