मुस्ताङको थासाङमा बग्न थाल्यो हिम पहिरोले थुनिएको खोला
नेपाल प्रेस
२०८१ भदौ ७ गते १७:५५
पोखरा । मुस्ताङको थासाङ गाउँपालिका- २ कोबाङमा हिम पहिरोले थुनिएको छिप्लुङ खोला बग्न थालेको छ ।
हिम पहिरो आएर थुनिएको खोला अहिले बग्न थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङका डीएसपी भोजराज पाण्डेका अनुसार हिम पहिरो खोँचमा परेसँगै थुनिएको खोला बग्न लागेको छ । योसँगै जोखिम टरेको डीएसपी पाण्डेले बताए ।
प्रतिक्रिया