आबुखैरेनी दुर्घटना: मृतकको संख्या २१ पुग्यो, १६ जना काठमाडौं रिफर – Nepal Press

आबुखैरेनी दुर्घटना: मृतकको संख्या २१ पुग्यो, १६ जना काठमाडौं रिफर

पोखरा । तनहुँको आबुखैरेनीमा भएको बस दुघर्टनामा मृत्यु हुनेको भारतीय पर्यटककाे संख्या २१ पुगेको छ । शुक्रबार बिहान भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

४३ जना सवार बसमा दुर्घटनामा २२ जना घाइते भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । घाइतेमध्ये १६ जनालाई थप उपचार गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको गौतमले बताए ।

पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका- २ ऐना पहराबाट मस्याङ्दी नदीमा खसेको थियो ।

तस्विरहरु : नेपाली सेना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर