साफ यू-२० च्याम्पियनसिपः भारतसँग माल्दिभ्स पराजित, सेमिफाइनल समीकरण पूरा – Nepal Press

साफ यू-२० च्याम्पियनसिपः भारतसँग माल्दिभ्स पराजित, सेमिफाइनल समीकरण पूरा

काठमाडौं । माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

भारतले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्‍यो । भारतका किपगेनले डी-बक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो ।

यस खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ‘बी’ बाट भारत समूह विजेता बनेको छ भने भूटान उपविजेता बनेको छ ।

यसैगरी समूह ‘ए’ बाट नेपाल विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनल खेलमा नेपाल र भुटानबीच यही भदौ ९ गते प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा भारत र बङ्गलादेश भिड्नेछन् । उक्त खेल भने भदौ १० गते हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *