‘बाल अपराध’ गरेको आरोप लागेपछि ट्विटरले सस्पेन्ड गर्‍यो सांसद बजगाईंकाे अकाउन्ट – Nepal Press

‘बाल अपराध’ गरेको आरोप लागेपछि ट्विटरले सस्पेन्ड गर्‍यो सांसद बजगाईंकाे अकाउन्ट

काठमाडौं । साविकको सामाजिक सञ्जाल ट्विटर अहिलेको एक्सले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंकाे अकाउन्ट सस्पेन्ड गरेको छ ।

आफ्नो एक्स अकाउन्टमा बालबालिकाको नग्न भिडिओ राखेपछि बजगाईंको आलोचना भएको थियो ।

एक्स प्रयोगकर्ता बाबा अनिल चेले बजगाईलाई मेन्सन गरेर लेखेका थिए, ‘आफ्नो बाल्यकाल सम्झँदै अरुको बालबालिकाको नग्न भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्नु बालबालिकाविरुद्धको अपराध हो भन्ने हेक्का छ कि छैन ?’

यो र अरु सार्वजनिक आलोचना भएपछि बजगाईंका अकाउन्ट एक्सले सस्पेन्ड गरेको हो ।


प्रतिक्रिया

One thought on “‘बाल अपराध’ गरेको आरोप लागेपछि ट्विटरले सस्पेन्ड गर्‍यो सांसद बजगाईंकाे अकाउन्ट

  1. हेर नेपाली नेताको हविगत । यस्ताले फेरि अरूको कुरा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *