बझाङबाट करिब ५ किलो चरेससहित दुईजना पक्राउ – Nepal Press

बझाङबाट करिब ५ किलो चरेससहित दुईजना पक्राउ

डोटी । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–३ दुधढल्लाबाट प्रहरीले ४ किलो ८४५ ग्राम लागु औषध चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारीअनुसार सोमबार दिउँसो करिब १२ बजेतिर जयपृथ्बी राजमार्गमा बझाङको बागथलाबाट धनगढीतर्फ जादै गरेको सु.प.प्र. ०१–००१ च ३९३३ नम्वरको जीपबाट लागु औषध चरेश जस्तो देखिने पदार्थ बरामद् भएको हो ।

प्रहरी चौकी स्याडी, बझाङबाट खटिएको प्रहरी टोलीले ईन्ट्री पोष्टमा चेकजाँच गर्दा लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थसँगै जीप चालक बुंगल नगरपालिका–२ दहबगर पौटाका २९ वर्षीय दिपक धामी र सवारी धनी ४५ आईते धामी समेत नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर