नेपालमा भएको दुर्घटनाले भारतीय शीर्ष राजनीतिक नेतृत्व चिन्तित
काठमाडौं । नेपालमा भएको सवारी दुर्घटनाले भारतीय शीर्ष राजनीतिक नेतृत्व पनि चिन्तित भएका छन्।
उनीहरुले आफ्नो चासो र चिन्ता सामाजिक सन्जालमा लेखेका छन्। महारास्ट्रका सहायक मुख्यमन्त्री देभेन्द्र फाद्नाभिसले नेपालमा दुर्घटना भएपछि सबै सुविधा र नेपाली सीमासम्म सहकार्य गर्न लागिएको बताएका छन्।
यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालको तनहुँ जिल्लाको सवारी दुर्घटनामा दुस्ख व्यक्त गर्दै सबै शोकाकुल परिवारलाई समवेदना दिएका छन् । उनले सबै सुविधा नेपालमा भएको भारतीय दूतावासबाट हुने पनि जानकारी दिएका छन्।
Saddened by the loss of lives due to a road mishap in Tanahun district, Nepal. Condolences to the bereaved families. May the injured recover at the earliest. The Indian Embassy is providing all possible assistance to those affected.
— Narendra Modi (@narendramodi) August 23, 2024