भारतको मध्यप्रदेशका मुख्यमन्त्री र संघका गृहमन्त्रीको छलफलः एयरफोर्सबाट लास ल्याउने निर्णय
काठमाडौं । हिजो पोखराबाट काठमाडौं आउने क्रममा मर्स्याङ्दीमा खसेर मृत्यु भएका २७ भारतीय पर्यटकहरुलाई लिन भारतीय एयर फोर्सको जहाज आउने बताइएको छ ।
पर्यटकहरु आएको राज्य मध्यप्रदेशका मुख्यमन्त्री एकनाथ सिन्दे र भारतका संघीय गृहमन्त्री अमित शाहले गरेको छलफलपछि यस्तो निर्णय भएको भारतीय अधिकारीहरुले बताएको भारतीय अखबार फाइलान्सियल एक्सप्रेसले जानकारी दिएको छ । तर, कतिबेला र कहाँ एयरफोर्स जहाज ओर्लिने भन्ने कुनै खुलाइएको छैन ।
जहाज दुर्घटना भएको क्षेत्रबाट नजिकैको विमानस्थल भरतपुर विमानस्थल भएको तथा पोस्ट मोर्टममा लगिएको अस्पताल आँबुखैरेनी अस्पताल भएकोले त्यहिबाट लास लाने नेपाली अधिकारीहरुको अनुमान छ । भारतीय एयरफोर्स आउने र लास लानेबारेमा भने नेपाली अधिकारीहरुले कुनै सार्वजनिक जानकारी दिएका छैनन् । भारतले आफ्ना नागरिकहरु आपतमा पर्दा एयmरफोर्स जहाज प्रयोग गर्ने गरेको छ । पछिल्ल्लो समयमा अफगनास्तिान, सुडान तथा युक्रेन क्षेत्रबाट यस्ता उद्धार गरेका उदाहरण देखिएका छन् ।
एकनाथ सिन्दे मध्येप्रदेशको होइन, महाराष्ट्रको मुख्यमंत्री हो । एक पटक गूगल गरेर हेर न हो ।