शिक्षामन्त्रीको प्रष्टीकरण- त्रिविमा भएको गुण्डागर्दी रोक्न गृहमन्त्रीसँग सुरक्षा मागेकी हुँ
काठमाडौं । शिक्षा\विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्द उनले विश्वविद्यालयमा हुने गुण्डागर्दी गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताए।
उनले भनिन्, ‘त्रिविमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको हो। विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो। हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो।’
विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको बताइन्। उनले थपिन्, ‘गुण्डागर्दी र अपराधिकरण चरित्र हो। त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन।’