उपनिर्वाचनको मिति तय नहुँदै राप्रपाले गर्‍याे कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस – Nepal Press

उपनिर्वाचनको मिति तय नहुँदै राप्रपाले गर्‍याे कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मंसिरमा हुने भनिएको उपनिर्वाचनको तयारीमा जुटेको छ। उपनिर्वाचनको मिति तय नहुँदै राप्रपाले कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको छ।

राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले प्रमुख लागि ३ जना र वडा नम्बर १ र ४ को अध्यक्षका लागि एक एक जनाको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष नवराज सिम्खडाले बताए।
उनका अनुसार कीर्तिपुर नगरपालि प्रमुखमा ध्रुव महर्जन, वरिष्ठ अधिवक्ता राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत र अर्का केन्द्रीय सदस्य राजकुमार केसीको नाम सिफारिस गरेको छ।

सुरेन्द्रप्रसाद उप्रेतीलाई वडा १ मा र बिजेस बस्नेतलाई वडा ४ को उम्मेवादरको रुपमा अघि सारेको छ। रिक्त स्थानीय तहमा उपनिर्वाचन गर्नेबारे सरकार र निर्वाचन आयोगबीच छलफल अघि बढेपछि राप्रपाले उम्मेदवार छानेको हो।

आयोगले सरकारलाई मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको छ। यद्यपी, सरकारले अहिलेसम्म उपनिर्वाचनको मिति घोषणा गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर