‘अब बोल्छ नेपाल’: बालुवाटारमा युवाहरुले गरे प्रदर्शन (भिडिओ) – Nepal Press

‘अब बोल्छ नेपाल’: बालुवाटारमा युवाहरुले गरे प्रदर्शन (भिडिओ)

काठमाडौं । विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै युवाहरुको एक समूहले शनिबार बालुवाटारमा प्रदर्शन गरेको छ ।

‘अब बोल्छ नेपाल’ लेखिएको व्यानरसहित उनीहरुले प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ⁠भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् ।

विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नुपर्ने, सवै नेताहरुको सम्पत्ति छानबिनका लागि स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुको माग छ ।

उनीहरुले विद्युत प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर