बंगलादेशको उदाहरण दिँदै सरकारलाई प्रचण्डको चेनावनी- दुई तिहाइको दम्भ जनताले ठेगान लगाउँछन् – Nepal Press

बंगलादेशको उदाहरण दिँदै सरकारलाई प्रचण्डको चेनावनी- दुई तिहाइको दम्भ जनताले ठेगान लगाउँछन्

‘कांग्रेस-एमालेलाई विचौलियाले मिलाएका हुन्, ओली नेतृत्वको सरकार भ्रष्टाचारीको रक्षामा उभिसक्यो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई विचौलिया र कमिसनखोरहरुले मिलाएको आरोप लगाएका छन् ।

पार्टीको नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकार भ्रष्टाचारीको रक्षामा उभिसकेको दाबी गरे ।

उनले भने, ‘दलाल विचौलियाले माओवादी ३२ सीटको भए पनि हामीलाई चुनौती दिइरहेको छ, माओवादीले दलाल पूँजीपति, नोकरशाह, सामन्त र निरंकुशतावादीहरुलाई चुनौती दिएको छ भन्ने परेपछि तिनीहरुले यो सरकारलाई हटाएका हुन् । तपाईंहरुले देख्दा कांग्रेस र एमालेका नेता मिलेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ, तर त्यो रुपमात्रै हो । सार चाहिँ यो देशका दलाल पुँजीपति, विचौलिया कमिसनखोरहरु आफ्नो प्रतिनिधिका रुपमा सिंगारपटार गरेको यो सरकार बनाएको हो । त्यसैले यो भ्रष्टाचारीहरुको सरकार हो । यसले भ्रष्टाचारको रक्षा गर्छ ।’

सरकार भ्रष्टाचारी बचाउन लागिसकेको भन्दै अध्यक्ष प्रचण्डले जरुरी पर्दा सडक संघर्षमा निस्कनुपर्ने भएकाले त्यसको तयारीमा पार्टी लागिसकेको बताए ।

उनले आफूहरु सरकारबाट बाहिरिँदा विजेताको रुपमा निस्किएको दोहोर्‍याए ।

प्रचण्डले भने, ‘दुई तिहाइ भए पनि केही गर्न सक्नेवाला छैन । पाँचसात महिनाअघि मात्रै बंगलादेशमा शेख हसिनाको पार्टीले दुई तिहाइ ल्याएको थियो । के गर्‍यो दुई तिहाइको ? जनभावनाविपरीत गयो भने त्यस्ता दुई तिहाइ जनताले ठेगान लगाउँछन् ।


प्रतिक्रिया

One thought on “बंगलादेशको उदाहरण दिँदै सरकारलाई प्रचण्डको चेनावनी- दुई तिहाइको दम्भ जनताले ठेगान लगाउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर