देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा: सभामुख घिमिरे – Nepal Press

देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा: सभामुख घिमिरे

सिन्धुपाल्चोक । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा भएको बताएका छन् ।

सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २४औं वार्षिकोत्सवका अवसरमा शनिबा। आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षा क्षेत्रमा अब्बल छ भनेर बुझ्नुपर्ने बताए ।

देशलाई आवश्यक पर्ने हरप्रकारका जनशक्ति उपलब्ध गराउन शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

सभामुख घिमिरेले नागरिकलाई गुणस्तरीय शिक्षा दिन राज्यको नीति इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले राज्यको शिक्षा नीति, युगानुकूल पाठ्यक्रम, सुविधायुक्त भौतिक पूर्वाधार एवं प्रभावकारी अनुगमन मूल्याङ्कन जस्ता पक्षबाट मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुने बताए ।

वार्षिकोत्सवका अवसरमा क्याम्पसका संस्थापक कृष्णराज श्रेष्ठ, माधवलाल कर्मचार्य, बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलाललगायतलाई सभामुख घिमिरेले सम्मान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर