एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको तीज कार्यक्रम सम्पन्न (तस्बिरहरु) – Nepal Press

एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको तीज कार्यक्रम सम्पन्न (तस्बिरहरु)

काठमाडौं । नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सम्पर्क मञ्चले वर्षेनि आयोजना गर्दै आएको यस कार्यक्रम यसपालि पनि गरेको हो ।

झापादेखि काठमाडौंमा विभिन्न सिलसिलामा बसोबास गर्ने महिला दिदीबहिनी तथा दाजुभाइहरुसहित ८ सय भन्दा बढी झापालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय तीजलगायतका संस्कृतिहरुमा अश्लीलता बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । त्यस्ता विषयलाई सुधार्नुपर्ने उनको जोड थियो । त्यस्तै, मञ्चले भव्य र सभ्य तरिकाले कार्यक्रम आयोजना गरेकोमा बधाई दिँदै तिजको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै, भौतिक एवम् पूर्वाधार तथा यातायात विकासमन्त्री देवेन्द्र दाहालले आफ्नो संस्कृतिलाई जगेर्ना गर्दै देशलाई विकासको मार्गमा लैजानुपर्ने बताउँदै नेपाली नारीहरुलाई तिजकाे शुभकामना दिएका थिए ।

त्यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्पर्क मञ्चले काठमाडौँमा बसोबास गर्नेहरुको अभिभावकत्व बहन गर्दै यस्ता कार्यक्रमहरुले जोड्ने गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फे, सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य तथा महिला विभाग प्रमुख गिता बराल, प्रदेश सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री अग्नि खरेल, केन्द्रीय कमिटी सदस्य तथा राष्ट्रिय योजाना आयोग सदस्य गिता अधिकारी, केन्द्रीय कमिटी सदस्य तथा संविधान सभा सदस्य दीपक कार्की, पार्टी केन्द्रीय कमिटी सदस्य ईन्द्र भण्डारी, कोशी प्रदेश सम्पर्क कमिटीका सचिव सुरज काफ्ले, झापा जिल्ला कमिटी साथै पार्टीको विभिन्न कमिटी, संगठन, विभागका पदाधिकारी तथा सदस्यहरुको आतिथ्यता रहेको झापा काठमाडौं सम्पर्क मञ्चका सचिव युवराज बस्नेतले जानकारी दिए ।

कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष मनोज दाहालले मञ्चले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर झापाबाट विभिन्न सिलसिलामा काठमाडौं आसपासमा बसोबास गर्ने झापालीहरुको अभिभावकत्व बहन गर्दै झापाली आमा–बुबा, दिदी–बहिनी, भाउजु–बुहारीहरुलाई संस्कृतिप्रतिको भावनालाई कायम राख्न सम्पर्क मञ्चले तिजको दर खाने कार्यक्रम गर्दै आएको बताए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर