बर्दिबास-जलेश्वर सडकमा वडाध्यक्ष यादव मृत फेला, घटना शंकास्पद – Nepal Press

बर्दिबास-जलेश्वर सडकमा वडाध्यक्ष यादव मृत फेला, घटना शंकास्पद

जनकपुरधाम । महोत्तरीको बर्दिबास-जलेश्वर सडकखण्डमा रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् ।

सडकको कल्भर्ट नजिक आज बिहान वडाध्यक्ष यादव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै मोटरसाइकल पनि भेटिएको छ ।

घटनास्थल बर्दिबास नगरपालिका ८ मा पर्छ । वडाध्यक्ष यादवको शव भेटिएपछि अहिले बर्दिबास-जलेश्वर सडक अबरुद्ध बनेको छ । स्थानीयको भीड लागेको छ । डिएसपी जयसवाल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् ।

घटना शंकास्पद रहेको प्रत्यक्षदर्शीहरू बताउँछन् । डिएसपी जयसवालले नेपालप्रेससँग भने, ‘अहिले तत्काल केहि भन्न सक्दिनँ । हामी अनुसन्धान गरिरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर