झापाको कचनकवलमा दशगजामा भारतीयले बाटो खन्न थाले, नेपालीको अवरोध – Nepal Press

झापाको कचनकवलमा दशगजामा भारतीयले बाटो खन्न थाले, नेपालीको अवरोध

विराटनगर । झापाको कचनकवल गाउँपालिका वडा नम्बर-१ घेराबारीमा भारतीय पक्षले दशगजामा बाटो खनेपछि विवाद उत्पन्न भएको छ ।दशगजामा बाटो खनेको भन्दै नेपाली स्थानीयले अवरोध गरेपछि विवाद उत्पन्न भएको हो । दुई देशबीचको सिमानाको १० गज खाली राख्नु पर्ने अन्तर्राष्ट्रिय नियम छ ।

दशगजा क्षेत्रमै भारतीय नागरिकले बाटो खन्न थालेपछि नेपाली नागरिकहरूले बाटो खन्न अवरोध गरेको कचनकवल गाउँपालिकाका अध्यक्ष कलेन्द्रप्रसाद सिंह राजवंशीले बताए ।

शनिबार दिउँसोबाट भारतीहरूले दशगजामा बाटो खनेकोमा स्थानीयले दिउँसै अवरोध गरेका थिए । दिउँसो नेपाली स्थानीयले अवरोध गरेपछि बन्द भएको बाटो खन्ने काम आइतबार बिहानको रातिबाट शुरु गरेको कचनकवल गाउँपालिका वडा नम्बर-१ का वडाध्यक्ष महावीर लिम्बुले बताए ।

उनका अनुसार घेरावारिमा १ सय ५० मिटर लामो बाटो दशगजामा भारतीयहरूले खनेका छन् । बाटो १६ फिट चौडाइको रहेको छ । यसअघि पनि सो क्षेत्रमा बाटो खन्ने विषयमा विवाद उत्पन्न भएको थियो । स्थानीयले अवरोध गरेपछि अहिले बाटो खन्ने काम रोकिएको छ । काम रोकिए पनि खनेको बाटो भने नपुरेको लिम्बुले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबिच विवाद भएको बताए । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको बास्तोलाले बताए ।


प्रतिक्रिया

One thought on “झापाको कचनकवलमा दशगजामा भारतीयले बाटो खन्न थाले, नेपालीको अवरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर