भारतमा नेपाली तीर्थालु बोकेको बस दुर्घटना, २५ जना घाइते – Nepal Press

भारतमा नेपाली तीर्थालु बोकेको बस दुर्घटना, २५ जना घाइते

काठमाडौं । भारतीय राज्य विहारको देवघर तीर्थयात्रामा गएको एक नेपाली बस दुर्घटनामा परेको छ । शनिबार बिहान ११ बजे नेपालबाट गएको बस भारतमा आज बिहान ३ बजे पल्टिएको हो ।

भारतीय अनलाइन समाचार अमरउज्वलाका अनुसार राजमार्ग २८ क्षेत्रमा दुर्घटना भएको हो । ४३ जना सवार बसका २५ जना यात्रु घाइते भएको बताइएको छ । बसको एक्सल टुटेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनाबाट घाइते नेपाली यात्रुहरू प्राथमिक उपचार सकेर फर्केका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर