हिमताल फुट्नबाट जोगाउन वामदेवले दिए टिप्स (भिडिओ)
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताएका छन् ।
आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले समयमा नै ध्यान दिनसके हिमताललाई जोगाउन सकिने बताए । उनले त्यसबाट हुनसक्ने जनताको रक्षा गर्न सकिने बताए । उनले सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आम नागरिकमा त्रास फैलिएको भन्दै अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने बताए ।
‘हिमताल जोगाउन सकिन्छ, फुट्नबाट जोगाउन सकिन्छ, जनताको रक्षा गर्न सकिन्छ । दिमागमा त्यो सोच्नसक्ने व्यक्तिहरुले नेतृत्व गर्नुपर्छ । सोलुमा हिमताल फुट्यो, नोक्सान भयो । श्रद्धाञ्जली दिनेभन्दा केही गर्न सकिएन । मैले ६ वटा ताल तुरुन्तै फुट्नेवाला छ । आतंकित बनाएको छ त्यहाँ’, उनले भने, ‘तर त्यसलाई फुट्नबाट रोक्न सकिन्छ । बुझ्न चाहनुहुन्छ भने खालि समयमा मसँग भेट गर्नुस् । नेपाललाई जोगाउन सकिन्छ । जनतालाई जोगाउन सकिन्छ । सडक दुर्घटना बढेको बढ्यो । सडक दुर्घटना हाम्रो प्राकृतिक कारणले भइरहेको छ । निर्माणको कारणले होइन ।’
उनले नेपालमा निर्माणको कारणले सडक दुर्घटना नभइ प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको बताए ।