माओवादी र रास्वपालाई गोकुलको चुनौती- लेखा सभापति चाहिए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख छाड (भिडिओ) – Nepal Press

माओवादी र रास्वपालाई गोकुलको चुनौती- लेखा सभापति चाहिए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख छाड (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको सभापति फेर्ने माओवादी र रास्वपाको मागको प्रतिवाद गर्दै फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेर्न चुनौती दिएका छन् ।

समितिको आइतवारको बैठकमा माओवादी र रास्वपाका सांसदले विपक्षीलाई समितिको सभापति दिनुपर्ने भनेर पटकपटक माग गरेपछि बास्कोटाले कडा प्रतिवाद गरेका हुन् । उनले विगतमा माओवादी सत्तापक्षमा रहँदा जनार्दन शर्मा सभापति रहेको उदाहरण दिँदै वर्तमान सभापति ऋषिकेश पोखरेलमाथि पटकपटक हमला नगर्न चेतावनी दिए ।

बास्कोटाले भन, ‘यहाँ बारम्बार यस्ता कुरा नल्याउनुस् । समितिको सभापति फेर्ने हो भने राष्ट्रिय सभाको अध्यक्ष फेरौं, उपसभामुख पनि फेरौं अनि यहाँ पनि फेरौं । राजनीतिक सहमति गरेर आउनुस्, यहाँ कराउने होइन । होइन सबै सबै समितिमा निर्वाचन गरौं, यहाँ मसला बनाउने काम छैन । घण्टा घण्टामा राजनीतिक समीकरण फेरिने देश हो, यहाँ के का कुरा ।

बास्कोटाले आफूलाई लोकरिझ्याइँको मतलब नभएको र फेसबुके तथा युट्युबेले खेद्लान् भन्ने डर पनि नरहेको भन्दै भाइरल रोग समितिमा नभित्र्याउन चेतावनी समेत दिए । उनले अमनलाल मोदी, हरि ढकाललगायतका माओवादी र रास्वपाका सांसदलाई जवाफ दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर