घरेलु मैदानमा पाकिस्तानको लज्जास्पद हार, बंगलादेशसँग १० विकेटले पराजित – Nepal Press

घरेलु मैदानमा पाकिस्तानको लज्जास्पद हार, बंगलादेशसँग १० विकेटले पराजित

काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले टेस्ट क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा १० विकेटको शानदार जित हात पारेको छ । पाँचौँ तथा अन्तिम दिन केवल ३० रनको लक्ष्य पाएको बंगलादेशले सजिलै जित हात पार्यो ।

दोस्रो पालीमा पाकिस्तानलाई एक सय ४६ रनमा समेटेर बंगलादेशले जितको आधार तयार गरेको थियो । रावलपिन्डिमा भएको खेलमा पाकिस्तानलाई सस्तोमा समेट्न मेहदी हसन मिराजले ४ र सकिब अल हसनले ३ विकेट लिए । सरिफुल इस्लाम, हसन महमुद र नहिद रानाले पनि एक एक विकेट लिए ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले सर्वाधिक ५१ रन जोडे। अब्दुल्लाह सफिकले ३७, बाबर आजमले २२ र कप्तान सान मसुदले १४ रन बनाए । साइम अयुबले १ रन मात्र बनाउन सके भने साउद सकिल र आघा सलमानले खाता खोल्न सकेनन् ।

१०४ रन जोड्दा पाचौँ विकेटका रुपमा ओपनर सफिकलाई गुमाएपछी पाकिस्तान लगातार दबाबमा परेको थियो । पहिलो पालीमा पाकिस्तानले ४ सय ४८ र बंगलादेशले ५ सय ६५ रन जोडेका थिए ।

बंगलादेशले पाकिस्तानलाई हालसम्म टेस्ट क्रिकेटमा हराउन सकेको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *