कर्णालीका भूकम्प प्रभावित जिल्लाको अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न राष्ट्रिय सभाको निर्देशन – Nepal Press

कर्णालीका भूकम्प प्रभावित जिल्लाको अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न राष्ट्रिय सभाको निर्देशन

काठमाडौं । कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन २०८१ मा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न राष्ट्रिय सभाले सरकारलाई निर्देशन दिएको छ ।

आइतबार राष्ट्रिय सभाको बैठकमा कर्णाली प्रदेशकका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन २०८१ माथीको छलफलपछि गृहमन्त्री रमेश लेखकले छलफलमा उठेका प्रश्नको जवाफ दिए लगत्तै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले यस्तो निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले निर्देशन दिदैँ भने, ‘प्रतिवेदनका सम्बन्धमा माननीय सदस्यले छलफलमा उठाएका विषय र त्यस सम्बन्धमा माननीय मन्त्रीले जवाफका शिलशिलामा व्यक्त गर्नुभएका बिचार समेतका आधारमा कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन २०८१ मा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु ।’

छलफलको सुरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन २०८१ राष्ट्रिय सभाको बैठकमा प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमाथीको छलफलमा सांसद उर्मिला अर्याल, नरबहादुर बिष्ट, गोपाल भट्टराई, श्रीकृष्णप्रसाद अधिकारी, उदयबहादुर बोहोरा, गंगाकुमारी बेल्बासे, कृष्णबहादुर रोकाय, भुवनबहादुर सुनार, सुमित्रा बिसी, गोपीबहादुर अछामी, बिष्णुकुमारी सापकोटा, बिष्णुबहादुर विश्वकर्मा लगायतले भाग लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर