दूध र उखु किसानको बक्यौता दशैँअघि नै भुक्तानी गर्छौं : कृषिमन्त्री (भिडिओ) – Nepal Press

दूध र उखु किसानको बक्यौता दशैँअघि नै भुक्तानी गर्छौं : कृषिमन्त्री (भिडिओ)

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दूध र उखु किसानको रकम दशैँअघि नै भुक्तानी दिने बताएका छन् ।

आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री अधिकारीले किसानको ११ महिनादेखि बाँकि रकम भुक्तानीको तयारी भइरहेको बताए ।

उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रूपैयाँ उपलब्ध गराउने योजना उनले सुनाए । अधिकारीले दुग्ध किसानलाई १ अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ ।

सरकारले किसानसँग उधारो दूध किन्ने र नगदमा बेचेर किसानलाई पैसा नदिने समस्या समाधान गरिने मन्त्री अधिकारीको प्रतिवद्धता छ । उनले उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको भन्दै उक्त रकम पनि दशैँअघि उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको जानकारी गराए ।

सरकारले तरकारी लगायत अन्य कृषिजन्य उत्पादनमा विषादीको प्रयोग न्यूनिकरण गर्ने अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर