नेकपा एसका तीन अगुवा कार्यकर्ता एमाले प्रवेश – Nepal Press

नेकपा एसका तीन अगुवा कार्यकर्ता एमाले प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगाले नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।

यसैगरी, नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आजै नेकपा (एमाले)मा प्रवेश गरे । पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई आज पार्टी कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरे ।

गोरखाको भीमसेन थापा नगरपालिका–१ का स्थायी बासिन्दा बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढेका हुन् । उनी अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति भएका थिए । प्रा.डा. बगाले नेपाल पिएचडि फाउण्डेशनका उपाध्यक्ष पनि छन् । उनीसँग नेपाल, चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको छ ।


प्रतिक्रिया

2 thoughts on “नेकपा एसका तीन अगुवा कार्यकर्ता एमाले प्रवेश

  1. कुएको एमाले, माओबादी, कांग्रेस आदि …………..
    यता खान पाएन – उता ।
    उता खान पाएन – यता ।
    ✈️✈️✈️🎉🎃🤖👽👹👺🌚

  2. माकुनेसँग लागेर के पाइन्छ? केपी काे साथ लागे पाे भ्रष्टाचार गर्न पाइन्छ , लुट्न पाइन्छ, देशका असल सेवकहरु जसले भ्रष्टाचार गर्न दिँदैनन् । त्यस्ता हरुलाई खेद्न केपि कै पालामा पाइन्छ।
    त्यसैले केपी काे पछि त लाग्नै पर्याे नी ! हैन र?
    अब गिरिजा छैन ! गिरिजा भन्दा महा गिरिजा भाछ केपी ओली !
    अनि याे साँढे कहाँ नगएर कहाँ जानु त? कसले भ्रष्टाचारी भविष्य बनाइ दिन्छ त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर