न्याय परिषद्को बैठक निष्कर्षविहीन
नेपाल प्रेस
२०८१ भदौ ९ गते १९:४२
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको न्याय परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ ।
हाल सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ । समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा अदालतमा मुद्दाको चाप दिन प्रतिदिन बढ्दै गएको छ ।
न्यायालयको छिटो सुनुवाइ र समयमै न्याय दिने कार्ययोजना भए पनि न्यायाधीश नियुक्ति नहुँदा कार्यान्वयनमा ढिलाइ भएको छ । -रासस
प्रतिक्रिया
सम्बन्धित खवर