नोनीको ह्याट्रिकमा चेल्सीको शानदार जित – Nepal Press

नोनीको ह्याट्रिकमा चेल्सीको शानदार जित

हेटौंडा । नोनी मडुकेले दोस्रो हाफमा ह्याट्रिक गरेपछि चेल्सीले वुल्भ्सलाई ६–२ ले हराएको छ ।

इन्ङ्लिस प्रिमियर लिगमा आइतबार भएको रोमाञ्चक भिडन्तमा चेल्सीको सिजनको पहिलो प्रिमियर लिग अंक प्राप्त गर्न सफल भयो ।

खेलमा सुरुवाती अग्रता चेल्सीले लिएको थियो । खेल सुरु भएको दोश्रो मिनेटमानै निकोलस जोन्सनले गोल गरेपछी चेल्सीले अग्रता लिएको थियो । तर २७ औं मिनेटमा वुल्भ्सका कुन्हाले गोल गर्दै टिमलाई १–१ को अवस्थामा लगेका थिए ।

कोल पाल्मरको गोलमा चेल्सीले पहिलो हाफको अन्तिम मिनेटम्क्क २–१ को अग्रता बनायो तर पहिलो हाफको इन्ज्युरी समयमा जोर्गन स्ट्र्यान्ड लार्सनले वुल्भ्सको लागि गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा पुग्यो ।

पहिलो हाफमा प्रतिस्पर्धात्मक रहेको खेल दोश्रो हाफमा नोनि चम्केपछी एकपक्षिय भयो । दोश्रो हाफ४९,५८ र ६३ औं मिनेटमा नोनीले ह्याट्रिक पूरा गरेपछि चेल्सी ५–२ को अवस्थामा पुग्यो । खेलको ८० औं मिनेटमा जोआओ फिलिप्सले गोल गर्दै चेल्सीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

आईतबारनै भएको अर्को खेलमा न्युक्यास्टल युनाईटेड र ब्रोनमाउथ १–१ को बराबरीमा रोकिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *