‘केपी बा’काे एक महिने रिपोर्ट कार्ड
चौथो पटक प्रधानमन्त्री नियुक्त भएपछि नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली फरक छवि र शैलीका साथ काममा जुटिरहेको संकेत देखिन्छ । शैलीमा स्वच्छन्द देखिए पनि त्यसका पछाडि नेपाली नागरिकको चिन्ता र विकासको हुटहुटी देखिन्छ । नयाँ पुस्तासँग हातेमालो गर्ने विषय प्राथमिकतामा राखेको कुरा चाहे युवाहरुबीच विवाहको प्रसङ्ग होस् वा महिला भलिबल खेलाडीहरुको उत्साह गर्ने सन्दर्भमा होस् या क्रिकेट खेलाडीलाई हौसला दिने र क्रिकेट रंगशाला निर्माणको विषय होस्, यो एउटा संकेत हो । सार्वजनिक कार्यक्रममा जान नियन्त्रणवादी सोच बनाएका ओलीले पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने प्रतिबद्धता व्यक्त गरेर अर्को एउटा सन्देश दिनुभएको छ । यसअघि विकासको सपना देखाउने गरी भाषण गरे पनि यस पटक त्यति सारो सुनिएको छैन । अहिले ती सपनालाई मूर्तरूप दिने अभियानमा लागेको बुझ्न सकिन्छ । सुनिन छाडेकोमात्र होइन अहिले रातदिन १८ घण्टाभन्दा वढी सक्रिय रहँदै साँच्चिकै देशलाई पार लगाउने कुरामा दत्तचित्त भएर लागिपरेको देखिन्छ ।
साँच्चिकै केपी शर्मा ओलीको नाम सम्झनासाथ दिमागमा कस्तो चित्र बन्छ ? निःसन्देह अटल, दृढ इच्छा शक्ति भएको भिजनरी लिडर, बुढेसकालमा पनि दैनिक १८ घण्टाभन्दा बढी खट्ने, राष्ट्रवादी र बालकदेखि वृद्धसम्म उत्तिकै रुचाउने, टावर पर्सनालिटी, (राजनेता) अर्थात् ‘केपी बा’ यो नामप्रति वेग्लै क्रेज छ । जहाँ केपी ओली पुग्नुहुन्छ, त्यहाँको माहोल नै अर्कै हुन्छ । उत्सुक भीडले घेरा हाल्छन्, सेल्फी खिच्नेको तँछाडमछाड हुन्छ, हात मिलाउने ताँती हुन्छ । बालबच्चादेखि बुढापाकासम्म उहाँका फ्यान छन् । अहिलेको राजनीतिका सर्वाधिक सेलिब्रेटी ओली दृढ आत्मविश्वास, कहिल्यै नझुक्ने शीर, फुर्तिलो शरीर, भाषण गर्ने गला र ज्ञानको भण्डारका पर्यायवाची नै हो । त्यसैले नेपाली राजनीतिका नेताहरुमध्ये उहाँप्रति जनस्तरमा आशा, भरोसा र विश्वास अडिएको छ ।
साँच्चिकै केपी शर्मा ओलीको नाम सम्झनासाथ दिमागमा कस्तो चित्र बन्छ ? निःसन्देह अटल, दृढ इच्छा शक्ति भएको भिजनरी लिडर, बुढेसकालमा पनि दैनिक १८ घण्टाभन्दा बढी खट्ने, राष्ट्रवादी र बालकदेखि वृद्धसम्म उत्तिकै रुचाउने, टावर पर्सनालिटी, (राजनेता) अर्थात् ‘केपी बा’ यो नामप्रति वेग्लै क्रेज छ ।
हो, अहिले मुलुकको विषम परिस्थितिका बीच उहाँले देशको शासनसत्ताको वागडोर सम्हाल्न पुग्नुभएको छ । यसवेला अर्थतन्त्र शिथिल छ, समाजमा चरम निराशा र अराजकता छ । राजनीति र नेताप्रति एक प्रकारको बितृष्णा छ, समस्या बग्रेल्ती छन्, देश रि-इन्जिनियरिङको अवस्थामा छ । यस्तो चुनौतीको पहाडमा सत्ताको वागडोर सम्हाल्न आएका भूराजनीतिक अवस्था र त्यसमाथि प्रतिस्पर्धी नेपाली कांग्रेस जस्तो पार्टीलाई विश्वासमा लिएर अघि बढ्नु कम चुनौतीको विषय होइन । त्यसमाथि कांग्रेसका महामन्त्रीद्वय म्याउँम्याउँ गरिरहेका छन् । कतिपय शक्ति, समूह, केन्द्रलाई उहाँको नामदेखि नै एलर्जी छ । यो परिवेशमा प्रधानमन्त्री ओलीका सामु चुनौती र अवसर दुवै छ । देशको प्रधानमन्त्री, देशको अभिभावक अर्थात् सबैका ‘बा’ ‘केपी बा’ साँच्चिकै अभिभावक बन्ने ठाउँमा हुनुहुन्छ ।
संसदीय राजनीतिमा दुर्लभ मानिने घटनाक्रमलाई साकार बनाउँदै गएको असर १७ गते देशको ठूला र शक्तिशाली तथा प्रतिस्पर्धी दल नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरण निर्माण भयो र असार ३१ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त सरकार गठन भयो । देशमा अस्थिरता र निराशा बढेकाले नागरिकलाई डेलिभरी दिन दुई ठूला दल मिल्नु परेको उनीहरुको दाबी छ । दुवै दलका शीर्षस्थ नेताहरु यस पटक विषम परिस्थिति भएकाले ठूला दुई दल मिलेर सरकार बनाउनु परेको दलिल पेश गरिरहेका छन् । साथै आलोपालो सत्ता चलाउने गरी ७ बुँदे समझदारी सार्वजनिक पनि भएको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच उच्चस्तरको सहमति भएकाले यो सरकार शक्तिशाली र बलियो रहेको दाबी पनि नेताहरुले गरेका छन् ।
अहिलेको राजनीतिका सर्वाधिक सेलिब्रेटी ओली दृढ आत्मविश्वास, कहिल्यै नझुक्ने शीर, फुर्तिलो शरीर, भाषण गर्ने गला र ज्ञानको भण्डारका पर्यायवाची नै हो । त्यसैले नेपाली राजनीतिका नेताहरुमध्ये उहाँप्रति जनस्तरमा आशा, भरोसा र विश्वास अडिएको छ ।
मुलुकको विशिष्ट आवश्यकताबीच निर्माण भएको यो समीकरण र सरकार गठन भएको महिना दिन बितेको छ । सरकार गठन भएको एक महिनामा प्रारम्भिक लक्षणहरु सकारात्मक देखिएका छन् । नयाँ सरकार गठन हुनासाथ आर्थिक बजार र पुँजी बजारले स्वागत गरेका छन् । निजी क्षेत्र उत्साहित बनेको छ । शेयर बजारमा हरियाली छाउँदै ठप्प प्रायः रहेको मुलुकको अर्थतन्त्र चलायमान भएको प्रतिविम्ब दिएको छ । पावर शेयरिङका विषयले यसअघि महिनौं लाग्ने गरेकोमा यस पटक सरकारले एकै पटक पूर्णता पायो । यसले पनि सत्ता साझेदार दुई दलबीच उच्चस्तरको समझदारी भएको पुष्टि गरेको छ । त्यसैले १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको छ । प्रधानमन्त्री ओलीकै नेतृत्वमा शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगिने दिशातिर गएको छ । नेपालको निजामती प्रशासनको इतिहासमा पहिलो महिला मुख्यसचिव पाएको छ । यसले नेपालको निजामती क्षेत्रमा मात्र होइन, नयाँ पुस्ताका महिलामा नयाँ सन्देश प्रवाह गरेको छ ।
शिथिल अर्थतन्त्र जुर्मुराउन थालेको छ । मुलुकको कर्मचारीतन्त्रमा आत्मविश्वास बढेको छ । काम शुरु भएको छ । आमनागरिकमा आशा जगाएको छ, प्रभाव र परिणाम आउन केही समय लाग्छ, तर प्रारम्भिक एक महिनामा सरकारले लय समाएको छ, सही दिशा लिएको सङ्केत देखापरेको छ । यद्यपि गर्नु धेरै छ । राजनीतिक परिवर्तन भयो, वंशका आधारमा राज गर्ने परम्परा भत्काएर जनताका छोराछोरी शासनसत्तामा पुग्ने व्यवस्था आयो । राजनीतिक व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने आमभाष्य निर्माण भएको छ । यो भाष्यलाई बदल्नु छ । कमजोर अर्थतन्त्रका बीच चौतर्फी निराशालाई आशामा बदल्नु छ । शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ । विशेषगरी नयाँ पुस्ताको निराशा चिर्दै उनीहरुसँग हातेमालो गर्दै अघि बढ्नु जरुरी छ । यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न टेवा पुर्याउने छ ।
प्रधानमन्त्री स्वयम्ले भन्नुभएको छ, यो सरकार असामान्य अवस्थामा बनेको सरकार हो । यस कुराले प्रधानमन्त्री वर्तमान अवस्थाका बारेमा गम्भीरताका साथ अघि बढेको बुझ्न सकिन्छ । यो सरकारले दैनिक कार्य (रुटिन वर्क्स) गरेरमात्रै पुग्दैन । यो सरकारको सफलता वा असफलतासँग हाम्रो लोकतान्त्रिक गणतन्त्र र संविधानको भविष्य जोडिएको छ । त्यसैले सरकारले देखिने गरी काम गर्नुको विकल्प छैन । कोही कसैको फन्डा र विषयान्तरका पछि नलागी जनताका समस्या समाधान गर्नेगरी अघि बढ्नु आवश्यक देखिन्छ । राजनीतिक रुपमा ‘क्रोनिक’ समस्याका रुपमा रहेको यो अवस्थालाई पार लगाउनु अर्को अहम् विषय हो । यी यस्ता विषयमा फटाफट निर्णय हुने, सेवा प्रवाहमा सहज र सरल, छिटोछरितो हुने ‘इम्प्रेसन’ दिन सक्नुपर्छ ।
मुलुकको विषम परिस्थितिका बीच उहाँले देशको शासनसत्ताको वागडोर सम्हाल्न पुग्नुभएको छ । यसवेला अर्थतन्त्र शिथिल छ, समाजमा चरम निराशा र अराजकता छ । राजनीति र नेताप्रति एक प्रकारको बितृष्णा छ, समस्या बग्रेल्ती छन्, देश रि-इन्जिनियरिङको अवस्थामा छ ।
यससँगै सरकारले आन्तरिक राजनीति, अर्थतन्त्रमा देखिएको समस्यादेखि छिमेकीहरुसँगको सम्बन्ध सन्तुलित राख्नेसम्मका चुनौतीलाई छिचोल्दै आफूलाई अब्बल सावित गर्न जरुरी छ । त्यस्तै सरकारको अर्को महत्वपूर्ण टास्क वर्तमान संविधानलाई संशोधन गर्नु रहेको छ । संविधान संशोधनको फाइल खोलिसकेपछि यसले धेरै विवादलाई सतहमा ल्याउने छ । यो निकै संवेदनशील र पेचिलो विषय हो, जसलाई निकै सजकता र सतर्कताका साथ अघि बढाउनु पर्नेछ । त्यस्तै ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्रीको उद्घोषलाई समाजले जान्ने सुन्ने गरी परिणाम देखाउने गरी भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने अपरिहार्य देखिन्छ । यी र यस्तै विषयमा परिणाममुखी कार्य गरेमा दुई ठूला र शक्तिशाली दल मिलेर समीकरण निर्माण गरेको र सरकार गठन गरेको सार्थक हुनेछ ।
धेरै बेथिति छन्, थितिमा ल्याउनु छ । निजी क्षेत्रलाई उत्साही र आत्मविश्वासी बनाउनुपर्ने छ । परम्परागत प्रणाली र शैलीलाई अपनाउँदै निम्न मनोवलमा अडिएको कर्मचारीतन्त्रलाई उच्च मनोबल बनाउँदै जनताको सेवामा लागिरहने सक्षम कर्मचारीतन्त्रको निर्माण गर्नुपर्ने छ । जनतामा रहेको चरम निराशा र बितृष्णालाई बोलेर होइन काम र परिणामबाट चिर्नुपर्नेछ । सुशासनको इन्डिकेटर बढाउनु पर्नेछ । उत्पादन बढाएर रोजगारी बढाउनुपर्ने मुख्य र चुनौतीपूर्ण कार्य छ । कृषि उत्पादन बढाउने र उचित मूल्य दिने कुराको ग्यारेन्टीको विषय छ । यी सबै विषय चुनौतीकै रुपमा छन् । यी सबै विषय परिणाममुखी बनाउने जिम्मेवारी प्रधानमन्त्री ओलीकै काँधमा छ । यो सामान्य अवस्थामा बनेको सरकार होइन, एउटा विशिष्ट परिस्थितिमा समयको मागसँगै बनेको सरकार हो । यसर्थ यो सरकार साँच्चिकै नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्ने विषयसँग जोडिएको छ । त्यसैले यो सरकारलाई असफल हुने छुट छैन । यो सरकारले पनि जनताका निराशालाई चिर्न नसके असफलतातर्फ मुलुक धकेलिनेछ र यसले नेपालको राजनीतिमा खतराको घन्टी बजाउने छ ।
एक महिनामा केहि थाहा हुदैन ।एक वर्ष हेर् । अनि लेख् । देशको हरेक कुराको चिन्ता त्यो बूढो शरिरले लिएको देखिनस् ? काम गर्ने हो कि दलाली गर्ने हो यसैबाट स्पष्ट हुन्छ ।