ला लिगामा एथलेटिकोसँग जिरोना पराजित – Nepal Press

ला लिगामा एथलेटिकोसँग जिरोना पराजित

हेटौँडा । गत सिजन स्पेनिस ला लिगामा तहल्का मच्चाउन सफल जिरोना नयाँ सिजनको दोस्रो खेलमा पराजित भएको छ ।

गएराति भएको खेलमा एथलेटिको म्याड्रिडले जिरोनालाई ३-० गोलले पराजित गरेको छ । एथलेटिकोको लागि स्टार खेलाडी ग्रीजम्यानले खेलको ३९ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ४८ औ मिनेटमा लोरेन्टले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

एथलेटिकोले खेलको अन्तिम समयमा कोके मार्फत पुन अर्को गोल थप्यो । उस्ले ९४ औँ मिनेटमा गोल गर्दै टिमलाई ३-० को जित दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *