आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा साढे ३ घण्टा यातायात बन्द – Nepal Press

आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा साढे ३ घण्टा यातायात बन्द

दमौली । पृथ्वीराजमार्गको आँबुखैरेनी –मुग्लिङ खण्डमा अहिले यातायात सेवा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी विरेन्द्रबहादुर शाहीले जानकारी दिए अनुसार बिहान साँढे ६ बजे देखि १० बजे सम्मका लागि यातायात सेवा बन्द गरिएको हो ।

आँबुखैरेनीको ऐनापहरामा भएको दुर्घटनामा क्षतिग्रस्त सवारी साधन निकाल्नका लागि ठूला मेसिनहरू प्रयोग गर्नुपर्ने भएको हुँदा यातायात सेवा बन्द गरिएको हो ।

यसै गरी आँबुखैरेनीको ऐना पहरामा एक भारतीय पर्यटक बेपत्ता भएको खुलेको छ ।

भारतीय पर्यटक बसमा यात्रारत २२ वर्षीय गोकर्णी सन्दिप सोरदे रहेको तनहुँ प्रहरीले जनाएको छ । बेपत्ता सोरेदेको खोजी कार्य जारी रहेको छ ।

बेपत्ता सोरेदे सँगै पर्यटक बसमा ४४ जना खुलेको रहेको छ ।जसमध्ये २७ जनाको मृत्यु हुन पुगेको थियो भने १६ जना घाइते हुन पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर