बुद्धनगरमा स्नुकर सञ्चालकको हत्या – Nepal Press

बुद्धनगरमा स्नुकर सञ्चालकको हत्या

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको छ । प्रहरीका ४० वर्षीय रूपक वान्तवाको हत्या भएको हो ।

शंखमुलमा रहेकाे टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको काठमाडौै‌ उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।

उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएपनि ज्यान जोगाउन सकिएन ।

घटनामा संलग्न भएको आराेपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर