पाल्पामा भारतीय कार दुर्घटना हुँदा चालकको मृत्यु – Nepal Press

पाल्पामा भारतीय कार दुर्घटना हुँदा चालकको मृत्यु

रुपन्देही । पाल्पाको रानीमहल सडकखण्डमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

तानसेन नगरपालिका९१ नारनडाँडास्थित तानसेन रानीमहल सडकखण्डमा आइतबार राती पौने ११ बजेतिर उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार तानसेनबाट रानीमहलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी कार चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारको लागि मिसन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि कार सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ। प्रहरीले उक्त दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर