यी हुन् जसपा नेपालका पदाधिकारी, एमाले र माओवादी विरासतका नेतालाई महत्वपूर्ण जिम्मेवारी (सूचीसहित) – Nepal Press

यी हुन् जसपा नेपालका पदाधिकारी, एमाले र माओवादी विरासतका नेतालाई महत्वपूर्ण जिम्मेवारी (सूचीसहित)

काठमाडौं । अशोक राई पक्षले पार्टी विभाजन गरेपछि भएको जसपा महाधिवेशनले चयन गर्न नसकेको पदाधिकारी पहिलो बैठकले टुंगो लगाएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवपछिको वरीयतामा रहनेगरी सह-अध्यक्ष रकम चेम्जोङ चयन भएका छन् । उनी अशोक राई समूहसँगै एमालेबाट विद्रोह गरेका जनजाति नेता हुन् ।

त्यस्तै उपाध्यक्षमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्य चयन भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र माओवादी केन्द्र छाडेर जसपामा पुगेका रामकुमार शर्मा महासचिव चयन भएका छन् । पार्टीको प्रवक्तामा मनिष कुमार सुमन चयन भएका छन् । बैठकले पदाधिकारीसहित ३१ सदस्यीय कार्यकारिणी समिति चयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर