महिला च्याम्पियन्स लिग : डेब्यु खेलमै रेखा पौडेलको गोल – Nepal Press

महिला च्याम्पियन्स लिग : डेब्यु खेलमै रेखा पौडेलको गोल

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको नेपाली फुटबलर रेखा पौडेलले डेब्यु खेलमै गोल गरेकी छन्। उनले लिगमा लाओसको योङ एलिफेन्ट्सविरुद्ध गोल गरेकी हुन् ।

रेखा लिगका लागि अबुधाबी कन्ट्री क्लबमा आबद्ध भएकी छन् । गएराती पहिलो खेल खेलेकी रेखाले गोल गर्न सफल भइन् । उक्त खेलमा अबुधाबी २-१ ले विजयी भयो ।

योसँगै रेखा महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

नेपालको एपीएफ क्लबले पनि यो लिगमा सहभागिता जनाएको छ । पहिलो खेलमा एपीएफ नसाफसँग १-० ले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *