मदिरा पार्टीमा जिल्ला समन्वय प्रमुख र कांग्रेस नेताबीच कुटाकुट – Nepal Press

मदिरा पार्टीमा जिल्ला समन्वय प्रमुख र कांग्रेस नेताबीच कुटाकुट

कैलाली । अछाममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ ।

आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा सँगै मदिरा सेवन गरेका दुवैबीच कुटाकुट हुँदा दुईजनै घाइते भएका छन् । कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

राति साढे १० बजे रक्सी खाएकै ठाउँमा कुटाकुट भएको खबर प्रहरीले पाएको थियो । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल पुराएको थियो । स्वास्थ्य परीक्षणमा दुवैजनाले मदिरा सेवा गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार मदिरा सेवनपश्चात् व्यक्तिगत विवाद बढ्दै जाँदा सरकारी निवासमै झगडा भएको थियो । प्रहरीले दुवैजनामाथि थप अनुसन्धान गरिरहेको छ । उनीहरू दुवै कांग्रेस नेता हुन् ।

पार्टीमा अन्य व्यक्ति पनि थिए । तर, कुँवर र शाहबीच कुटाकुट भएको थियो । बोलाएको बेला उपस्थित हुने सर्तमा दुवैलाई प्रहरीले छोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर