एक मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनालाई विद्युत रोयल्टी तिर्न विभागको निर्देशन – Nepal Press

एक मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनालाई विद्युत रोयल्टी तिर्न विभागको निर्देशन

काठमाडौं । विद्युत् विकास विभागले एक मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी तिर्न निर्देशन दिएको छ ।

विभागले उक्त क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी छिटो बुझाउन भनेको हो । विभागले यसका लागि ३५ दिनको समय दिएको छ ।

२०८०/८१ सम्मको बक्यौता फरफारक गर्न र आव २०८१/८२ को जडित क्षमता बापतको रोयल्टी समयमा बुझाउन समेत विभागले भनेको छ । यस्तो रोयल्टी संघ सरकारसँगै स्थानीय र प्रदेश तहमा समेत बाँडफाँट हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *